२० बैशाख २०८१, बिहिबार

प्रभु साहले नयाँ पार्टी खोल्दै, के राख्दैछन् पार्टीको नाम ?


प्रभु साह

काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोल्दैछन् । नेकपा एमालेले दिएको टिकट छोडेर पार्टी नै त्यागेर गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा स्वतन्त्र सांसदको रुपमा प्रतिनिधिसभामा विजयी भएका साहले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन् ।

उनको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी हुने उनीनिकट स्रोतले बताएको छ । पार्टीका लागि नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने प्रवल सम्भावना रहेको छ ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को साथ पाएर उनी उक्त क्षेत्रबाट विजयी भएका थिए । उनले आफूलाई सघाएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि वार्ता गरेका छन् ।

साहले पछिल्लो समय राजनीतिक संवादलाई तीव्रता दिएका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटार पुगेर भेटेका थिए । साहले प्रचण्डसँगको छलफलमा मधेशमा मुख्य भूमिका र पार्टीमा पनि पदाधिकारीको हैसियत मिल्ने अवस्थामा फर्किन सकिने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !