१९ बैशाख २०८१, बुधबार

एमाले मुख्यालय मङ्गलबारदेखि भत्काइने


cpn_uml_party_office

काठमाडौँ, ३१ जेठ – भूकम्पबाट क्षतिग्रस् नेकपा एमालेको मदननगर बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको भवन मङ्लबारदेखि भत्काइने भएको छ ।
तीन महिनाभित्र जीर्ण भवन भत्काइसक्ने गरी काम सुरु गरिने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । स्थानीय ठेकेदार रामबहादुर श्रेष्ठले रु ३१ लाखमा साढे चारतले उक्त भवन भत्काउने जिम्मा पाउनुभएको छ ।
सो भवन भत्काएर निर्माणमा प्रयोग गरिएका पुराना सामग्री ठेकेदारले नै लैजाने कार्यालय सचिव श्रेष्ठको भनाइ छ । मदननगरस्थित केन्द्रीय कार्यालय भूकम्पबाट क्षतिग्रस्त भएपछि एमाले मुख्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !