गठबन्धनले आज काठमाडौँको साँखुमा संयुक्त चुनावी सभा गर्दै Nepalpatra गठबन्धनले आज काठमाडौँको साँखुमा संयुक्त चुनावी सभा गर्दै
१२ मंसिर २०७९, सोमबार

गठबन्धनले आज काठमाडौँको साँखुमा संयुक्त चुनावी सभा गर्दै


प्रकाशमान सिंह

काठमाडौँ । सत्ता गठबन्धनले आज साँखुमा चुनावी सभा गर्दै छ । काठमाडौंको सांस्कृतिक एवं ऐतिहासिक सहर साँखुमा गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्न लागेको हो ।

साँखुमा आज अपराह्न २ बजे सुरु हुने सभालाई कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिले जनाएको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाण्डौं–२ मा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !