७ बैशाख २०८१, शुक्रबार

गठबन्धनले आज काठमाडौँको साँखुमा संयुक्त चुनावी सभा गर्दै


प्रकाशमान सिंह फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनले आज साँखुमा चुनावी सभा गर्दै छ । काठमाडौंको सांस्कृतिक एवं ऐतिहासिक सहर साँखुमा गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्न लागेको हो ।

साँखुमा आज अपराह्न २ बजे सुरु हुने सभालाई कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिले जनाएको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाण्डौं–२ मा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !