१३ जेष्ठ २०८१, आइतबार

रवीको पार्टीको वाचापत्र : गैरराजनीतिक व्यक्ति राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष उपराष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री


राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ सार्वजनिक

काठमाडौँ । रवी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले गैरराजनीतिक व्यक्ति राष्ट्रपति, राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने मूख्य एजेण्डा अघि सारेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टी सभापति लामिछानसहित उक्त पार्टीका नेताहरुले ‘वाचापत्र’ सार्वजनिक गर्दै देशको शासकीय स्वरूपबारे यस्तो व्यवस्था गर्ने जानकारी दिएको हो ।

चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने एजेण्डा अघि सारेको छ । उक्त पार्टीले १० वर्षसम्म कुनै पनि राजनीतिक दलमा नलागेको व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

यस्तै अहिलेको उपराष्ट्रपतिको व्यवस्था काम नलाग्ने भएको भन्दै सो पार्टीले राष्ट्रियसभाका अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने धारणा राखेको छ । जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको हुनुपर्ने प्रस्ताव गरेको छ ।

यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ । यस्तै वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचापत्रमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ सार्वजनिक

यो देशमा प्रतिपक्षी दल समेत भएन : रवी लामिछाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु