५ जेष्ठ २०८१, शनिबार

यो देशमा प्रतिपक्षी दल समेत भएन : रवी लामिछाने


रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले देश प्रतिपक्षबिहिन भएको दावी गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टी सभापति लामिछानले ‘वाचापत्र’ सार्वजनिक कार्यक्रममा बोल्दै चुनाव जित्नका लागि गठबन्धन गर्नुका साथै भ्रष्टाचार गर्दा पनि कुनै पार्टीका नेताले खुलासा गर्न नसकेकोले देश प्रतिपक्षबिहिन भएको बताएका हुन् ।

उनले देशमा भ्रष्टाचार हुँदा बोल्ने कुनै दल नभएको पनि बताएका छन् । आफू सत्तामा रहँदा चुप लागेर बस्ने तर प्रतिपक्षमा हुँदा भ्रष्टाचार भयो भ्रष्टाचार मौलायो भनेर कराउने जस्तो मात्र गर्ने तर कसले कति भ्रष्टाचार गर्यो भनेर खुल्ला रुपमा पनि बोल्न नसक्ने स्थिति सिर्जना भएको छ ।

उनले देशको सवभन्दा ठूलो समस्या भ्रष्टाचार भएको बताए । ठूला राजनीतिक दलका नेताहरुले नै भ्रष्टाचारीलाई संरक्षण गर्दै आएको पनि बताए । देशमा खुलेआम भ्रष्टाचार भएपनि त्यो मान्छे कहाँ छ र कसले गरेको भनेर बोल्ने प्रतिपक्षी पार्टी समेत नभएको बताए ।

चुनाव जित्नको लागि जुनसुकै पार्टीले जुन बेला पनि गठबन्धन गर्ने सक्ने स्थिति सिर्जना भएको उनले बताए । गठबन्धनकै कुनै नेताले सोही पार्टीका अर्को नेताले भ्रष्टाचार गर्यो भनेर श्रीमतीलाई समेत चुइक्क बोल्न नसक्ने गरेको बताए । उनले हरेक पटक निर्वाचन हुँदा उम्मेदवारले मात्र जिते देश र जनताले कहिले जित्न नसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !