६ बैशाख २०८१, बिहिबार

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ सार्वजनिक


राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ सार्वजनिक

काठमाडौँ । रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज ‘वाचापत्र’ सार्वजनिक गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टी सभापति लामिछानले ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् ।

उक्त पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको हो । सो पार्टीले हुन नसक्ने वाचा होइन भन्दै गर्न सक्ने र गर्नैपर्ने वाचापत्र सार्वजनिक गर्न गरेको बताएको छ । सो पार्टीले यसपटक प्रदेश सभाको चुनावमा भने बहिष्कार गरेको छ ।

आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेको परिप्रेक्षमा पहिलोपटक निर्वाचनमा होमिएको उक्त पार्टीले पनि आज वाचापत्र सार्वजनिक गरेको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दलले सार्वजनिक गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !