१० जेष्ठ २०८१, बिहिबार

एमाले अध्यक्ष ओली अस्वस्थ भएपछि चुनावी कार्यक्रम स्थगित


केपी शर्मा ओली

दमक । आज दिउँसो गृहजिल्ला झापा आइपुगेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचार-प्रसारका क्रममा आज झापा आएका हुन् ।

उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहेका एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए । तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन् ।

अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका चुनावी कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !