२४ बैशाख २०८१, सोमबार

सत्यमोहनको निधनबाट मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको छ : राष्ट्रपति भण्डारी


विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै राष्ट्रपति भण्डारीले जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको भन्दै अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !