११ जेष्ठ २०८१, शुक्रबार

गोरखाको चुनावी कार्यक्रममा भक्कानिएर किन रोए प्रचण्ड ?


प्रचण्ड

गोरखा । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार गोरखामा भएको चुनावी कार्यक्रममा भक्कानिएर रोएका छन् ।

शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रष्ट पार्ने क्रममा अध्यक्ष प्रचण्ड एक्कासी भावुक भएर भक्कानिदै रोएका हुन् ।

माओत्सतुङ चिनियाँ कम्युनिस्ट आन्दोलनमा बिचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना सुनाउँदै उनी घुँक्कघुँक्क गरेर रोएका हुन् । उनले माओवादी आन्दोलनमा विचलन आएपछि आफू पनि सुधारको उर्जा बोक्न गोरखा आएको स्पष्ट पनि पारे ।

उनले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर नलुक्ने बताए । पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखा आएको उनले उद्घोष पनि गरे । उनले गोरखाबाट नयाँ आन्दोलनका निम्ति उर्जा बोकेर फर्किने अनि उनले बताए ।

उनले आफ्नो युवाकाल वितेको, जनयुद्धको थालनी भएको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वाटर भएको जिल्ला गोरखालाई चिनकाङसाङ भएको बताउदै उनी धेरैपटक रोएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !