२० बैशाख २०८१, बिहिबार

प्रभु साहले गठबन्धनसँग अराजनीतिक षड्यन्त्रपूर्ण साँठगाँठ गरे : महासचीव पोखरेल


शंकर पोखरेल फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रभु साहले गठबन्धनसँग अराजनीतिक षड्यन्त्रपूर्ण साँठगाँठ गरेको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा आज एउटा स्टाट्स लेख्दै महासचीव पोखरेलले एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी साहले दिनुलाई अराजनीतिक षडयन्त्रको नमुनाको संज्ञा समेत दिएका छन् ।

साथै पोखरेलले पार्टीलाई धोका दिएर अन्तिम समयमा साहले स्वतन्त्र उम्मेदवारी दिदै अन्य क्षेत्रका उम्मेदवारको टिकट समेत नदिएर समय गुजार्ने षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।

पोखरेलले साह जसपासंगको तालमेलको सम्झौता वैठकमा सहभागी भएर सहमतिपछि मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बसेर निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर गएपनि पार्टीलाई धोका दिएर अन्तिम समयमा स्वतन्त्र उम्मेद्वारी दिएको पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !