२४ बैशाख २०८१, सोमबार

कमल थापाले सूर्य चुनाव चिह्नबाट सुटुक्क गरे उम्मेदवारी दर्ता


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव लड्ने गरी मकवानपुर क्षेत्र नम्बर १ बाट सुटुक्क मनोनयन दर्ता गराएका हुन् ।

उनी आफ्ना भाइ गणेश थापा, श्रीमती र राप्रपा नेपालका नेता राजाराम बर्तौलालाई लिएर मनोनयन दर्ता गर्न पुगेका थिए । एमालेको चुनाव चिह्नमा मनोनयन दर्ता गरेपनि उनको साथमा एमाले नेता-कार्यकता भने उपस्थित भएका थिएनन् ।

उनलाई टिकट दिएको विरोधमा कार्यकर्ताले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । थापाले असन्तुष्ट एमाले कार्यकतालाई मनाएर चुनावमा अघि बढ्ने बताएका छन् ।

राप्रपामा राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित भएपछि उनले राप्रपा छोडेर राप्रपा नेपाल ब्युँताएका थिए । राप्रपाको नेपालको चुनाव चिह्न तीर भए पनि उनले एमालेको समर्थनमा चुनाव लड्न सूर्य रोजेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !