२० बैशाख २०८१, बिहिबार

बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे गोरखामा उम्मेदवारी दर्ता


प्रचण्ड, बाबुराम र नारायणकाजी

काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताका लागि अध्यक्ष प्रचण्ड पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता तथा कार्यककर्ता गोरखा पुगेका थिए । बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका लागि उम्मेदवारी दर्ता गराउन अध्यक्षलगायतको टोली गोरखा आज बिहान प्रस्थान गरेका थिए । माओवादीले अध्यक्ष प्रचण्डलाई गोरखाबाट उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको हो । यसअघि उनी निर्वाचित भएको चितवन क्षेत्र नं ३ मा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाइएको छ ।

प्रचण्ड यसअघि चितवनबाट चुनाव लड्ने तयारीमा थिए । तर चितवनमा कांग्रेसका नेता कार्यकर्ता नै प्रचण्डलाई भोट हाल्ने पक्षमा नरहेको पाएपछि प्रचण्ड अन्तिममा गोरखाबाट चुनाव लड्न लागेका हुन् । प्रचण्ड गोरखा आउने भएपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रत्यक्ष निर्वाचन नलड्ने भएका हुन् ।

प्रचण्डले उक्त निर्वाचन क्षेत्रमा उठ्ने भएपछि डा. भट्टराईले उनका लागि छोडेर आफू निर्वाचनमा नउठ्ने घोषणा गरेका थिए । उनले माओवादीकै चुनाव चिह्न र घोषणापत्र लिएर निर्वाचनमा जाने गरी प्रचण्डसँग सहमति गरिसकेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !