५ जेष्ठ २०८१, शनिबार

निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारको सूची सार्वजनिक


प्रतिनिधिसभा निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आज आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको निर्वाचनमा ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आज आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उम्मेदवार रहेका छन् ।

आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको समानुपातिक तर्फका उम्मेदवारको नामावली 

आयोगले सार्वजनिक गरेको प्रदेशसभाको समानुपातिक तर्फका उम्मेदवारको नामावली 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !