१४ बैशाख २०८१, शुक्रबार

महाअभियोग सिफारिस समितिको बैठक सुरु, सभामुखलाई आजै प्रतिवेदन बुझाउने तयारी


चोलेन्द्रशमशेर जबरा फाइल फोटो

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा समितिको बैठक सुरु भएको हो ।

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाभियोगमाथि थप छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको हो । समितिले बिहान जबराको बयानसँगै पुरक प्रश्न सोध्ने कार्य सकेपछु बैठक पुन: बसेको हो ।

आजको बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने थप निर्णय गर्ने बुझिएको छ । जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज शनिबार नै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी समेत गरेको छ ।

हालको संसद्को कार्यकाल आज राति १२ बजेपछि सकिने भएकाले समितिले शनिबार नै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमल्निे र पूर्वप्रधानन्यायाधीशहरुले पनि आफूहरु जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र वयान लिइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !