५ जेष्ठ २०८१, शनिबार

प्रतिनिधि सभाको अन्तिम बैठक सुरु, शीर्ष नेताले सम्बोधन गर्दै


संसद बैठक फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको अन्तिम बैठक सुरु भएको छ । प्रतिनिधि सभाको आज १ः३० बजे प्रारम्भ भएको अन्तिम बैठकमा विभिन्न पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्दै छन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्न लागेका हुन् ।

आजको कार्यसूचीमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र संसद्लाई जानकारी गराउने उल्लेख छ । बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसैगरी अधिवेशन समापनका अवसरमा दलीय आधारमा सांसदहरुले आ-आफ्नो भनाइ राख्नेछन् । आज सुरु भएको संसद बैठक नै यो कार्यकालको अन्तिम बैठक हो ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभाको चालू ११औँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !