२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालले प्रस्तुत गरेको ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गरेको सो विधेयक बहुमतले स्वीकृत भएको हो ।

उक्त प्रस्ताव माथि बैठकमा छुट्टाछुट्टै छलफल भई छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ समेत दिए पछि ती विधेयक उपर भएको संशोधनहरुलाई बैठकले स्वीकृत गरेको हो ।

प्रतिनिधि सभाको आजको दोस्रो बैठकले विभिन्न कारणले प्रतिनिधि सभाको दश वा सो भन्दा बढि बैठकहरुमा अनुपस्थित रहने सांसदहरुको अनुपस्थितिको सूचनालाई पनि सभाले अनुमोदन गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरु लिलानाथ श्रेष्ठ, धु्रवकुमार शाही, रविराज शर्मा र कर्मा घलेको अनुपस्थितिको सूचनालाई अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक भोलि असोज १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !