२० बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषदको बैठक जारी, संसद् अधिवेशन अन्त्यको सिफारिस हुने


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

आजको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने बुझिएको छ ।

हालको प्रतिनिधिसभाको कार्यकाल असोज १ गते शनिबार मध्यरातिदेखि अन्त्य हुने भएकोले सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी गरेको हो ।

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल असोज १ गतेसम्म मात्र रहेको प्रष्ट पारेको छ । आयोगले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको मिति तोकेको छ । सो मितिको अघिल्लो दिन अर्थात् १ असोजसम्म मात्रै वर्तमान प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल कायम हुने आयोगको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !