१९ बैशाख २०८१, बुधबार

देशको चाबी जनताले अझै पनि माओवादीलाई दिन खोजिरहेकोले चुनावपछि पहिलो पार्टी बन्छौँ : प्रचण्ड


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी पार्टी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको चाबी जनताले अझै पनि माओवादी केन्द्रलाई दिन खोजिरहेकोले चुनावपछि पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

आज बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको दावी गरेका हुन् ।

प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका हुन् । स्थानीय तहको निर्वाचनबाट जनताले देशको राजनीति कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताए ।

उनले माओवादी नेता, कार्यकर्ताहरुले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहेनत नगरेको भानेर गुनासो पनि गरे । उनले पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा माओवादी केन्द्र नै पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका हुन् ।

यद्यपि उनले माओवादी कमजोर भएमा २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने भनेर जिकिर पनि गरेका छन् । उनले माओवादी कमजोर भयो भने माओवादी र जनताको सम्बन्ध सुमधुर हुन नसकेमा प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र हुने उल्लेख गर्दै गत वर्ष त्यो परिस्थिति देखिएको पनि स्मरण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !