१४ बैशाख २०८१, शुक्रबार

विश्व बैंकबाट ३५ अर्ब ऋण लिने : यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णयहरु


ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौँ । सरकारले विश्व बैंकबाट करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । हिजो भदौ २७ गते सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हिजोको मन्त्रिपरिषद् वैठकले विभिन्न १५ निर्णय गरेको जानकारी दिएका हुन् ।

आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । सरकारले प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

यस्तै महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढिकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

नेपाल र रोमानीयाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निर्णय गरिएको छ । सरकारले पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिगमा उपल्ध गरााउन स्वीकृति दिने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !