४ जेष्ठ २०८१, शुक्रबार

नेपाल र चीनबीच संसदीय सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर


लि झान्सु र अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेपाल र उत्तरी छिमेकी मुलुक चीनबीच संसदीय सहकार्यको लागि सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा आयोजित विशेष समारोहकाबीच जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष एवं चिनियाँ सभामुख ली झान्सु र सभामुख अग्निप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालको संघीय संसद र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । द्विपक्षीय वार्ताका क्रममा नेपालको संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान-प्रदान सम्बन्धमा सम्झौता भएको संसद सचिवालयका एक पदाधिकारीले बताए ।

दुई पक्षीय छलफलपछि दुई देशको संसदको आपसी हित र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । लीको भ्रमणका दौरान आज साँझ नेपाली पक्षसँग संसदीय सहकार्य र सांसदहरुको भ्रमण आदान–प्रदानको लागि सम्झौता भएको संसद सचिवालयले जनाएको छ ।

आजै साँझ ७ बजे सभामुख सापकोटा सोल्टी जाने छन् । आज नै सभामुख सापकोटाले झान्सु नेतृत्वको प्रतिनिधि मण्डलको सम्मानमा साँझ ७:३० बजे सोल्टी होटलमा रात्री भोजको आयोजना गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !