२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाको बैठक स्थगित, अव बुधबार बस्ने


राष्ट्रियसभाको बैठक

काठमाडौँ । आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !