२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री देउवा चितवनमा


प्रधानमन्त्री देउवा चितवनमा फाइल फोटो

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन् ।

बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन आएका हुन् । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन् ।

यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ । उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !