२२ बैशाख २०८१, शनिबार

गठबन्धनको सिट बाँडफाँट कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन


कार्यदल बैठक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित गठबन्धनको कार्यदलले भागबण्डा टुंगो लगाउने सहमति गरी शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धनबीच सिट बाँडफाँडबारे कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो । गठबन्धनको कार्यदलले अधिकांश निर्वाचन क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको हो ।

शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएसंगै गठबन्धनको ११ सदस्यीय कार्यदलको जिम्मेवारी टुङ्गिने बताइएको छ । गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !