४ जेष्ठ २०८१, शुक्रबार

निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २३ गते उम्मेदवारी दर्ता


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

आज बिहीबार आयोगले पहिलो हुने निर्वाचन प्रणालीतर्फको स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुनेछ ।

यस्तै असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।

असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी तोकिएको छ । यी सबै निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !