२४ बैशाख २०८१, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


संसद बैठक फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको दैनिक सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तै उक्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक आजै प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

यस्तो छ आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !