२२ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक बस्दै, समितिमा मनोनयन र हेरफेर गरिने


संसद बैठक फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्ने भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम मनोनयन र हेरफेर गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्ने पहिलो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै दोस्रो सम्भावित कार्यसूचीमा सभामुख सापकोटाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने रहेको छ ।

त्यस्तै सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम पनि हेरफेर गर्ने तेस्रो सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ आजको संसदको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !