१९ बैशाख २०८१, बुधबार

ओलीको दावी : एमालेले एक्लैले आगामी निर्वाचनमा १५० सिट जित्छ


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले एक्लैले आगामी निर्वाचनमा १५० सिट जित्ने दावी गरेका छन् ।

आज बुधबार महेन्द्रनगरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १५० सिट जित्ने जिकिर गरेका हुन् ।

ओलीले परमादेशबाट बनेको गठबन्धन सरकारले राष्ट्रिय हितविपरित काम गरेको आरोप लगाए । उनले आफू प्रधामन्त्री हुँदा कालापानी लिपुलेकसहितको नक्सा जारी गरेको बताउँदै अहिलेको गठबन्धनको सरकारले भूमि फिर्ता ल्याउन पहन नगरेको बताए ।

ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए । ओलीले प्रधानमन्त्री देउवाले उहिलेदेखि सांसद भएर र ५ वर्ष प्रधानमन्त्री भएर के गर्नुभयो ? भन्दै प्रश्न समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !