८ बैशाख २०८१, शनिबार

चलचित्र ‘प्रकाश’ले साँच्चिकै रूवाइ दियो ! : रवीन्द्र मिश्र


रवीन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ले साँच्चिकै आफूलाई रूवाएको बताएका छन् । चलचित्र ‘प्रकाश’ आज हेरेपछि सामाजिक संजाल फेसबुकमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

आज मिश्रले आफू र आफ्नी श्रीमतीले प्रकाश हेरेका हुन् । उनले आफू धेरै सिनेमा हेर्ने मान्छे नभएपनि आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर नरोएको तर प्रकाशले हलमा रूवाई दिएको बताएका छन् ।

उनले आफू काठमाडौँमा जन्मिएको भएपनि आधा स्कूले जीवन सुदूर पश्चिममा टुकी बालेर सिनेमामा देखाइएजस्तै स्कूलमा पढेको हुनाले पनि सिनेमाका दृष्यहरूले आफ्नो भावनासँग बढी तादात्म्य राखेको भएपनि तादात्म्यता भन्दा सिनेमामा धेरै बढी सन्देश रहेको स्पष्ट पारेका छन् ।

उनले प्रकाश चलचित्र गरिवी, माओवादी द्वन्द्व, समाज, शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दु:खान्त कथाको समिश्रण भएको पनि उल्लेख गरेका छन् ।

उनले प्रकाश चलचित्र लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट सिनेमा उत्कृष्ट भएको बताएका छन् । राम्रो र शक्तिशाली सिनेमा बनाउन गीत-संगीत-नृत्य नभए पनि हुने भन्दा उनले विषयवस्तु सामान्य भए पनि प्रकाश चलचित्र ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन् ।

यस्तो छ उनको फेसबुक स्टाट्स जस्ताको त्यस्तै

आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौँ। म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो !

काठमाडौँमा जन्मिएको भए पनि आधा स्कूले जीवन सुदूर पश्चीममा टुकी बालेर सिनेमामा देखाइएजस्तै स्कूलमा पढेको हुनाले पनि सिनेमाका दृष्यहरूले मेरो भावनासँग बढी तादात्म्य राखेको हुनसक्छ। तर त्यो तादात्म्यता भन्दा सिनेमामा धेरै बढी सन्देश छ ।

शहरमा हुर्केका-बढेका, कर्णाली (र सुदूर पश्चिम) कहिल्यै नदेखेका, र मौका पाउँदा शहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बुबाआमालाई आग्रह गर्दछु ।

गरिवी, माओवादी द्वन्द्व, समाज/शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो – प्रकाश।
लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट सिनेमा उत्कृष्ट छ। राम्रो र शक्तिशाली सिनेमा बनाउन गीत-संगीत-नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो – प्रकाश। सामान्य विषयवस्तुले कलात्मकरूपमा जिवन्तता पाएको छ। मेरो बुबाले भन्नुहुन्थ्यो, “कलामा विषयवस्तु होइन प्रस्तुति प्रधान हुन्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !