२५ बैशाख २०८१, मंगलबार

प्रतिनिधि सभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेश हुने


संसद बैठक फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।

यस्तै नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आज बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्र गोविन्द प्रसाद शर्मा (कोइराला)ले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तो छ आजको प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !