१४ बैशाख २०८१, शुक्रबार

बाबुरामको पार्टीमा यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन


डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव

काठमाडौँ । डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) ले उक्त पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

नेसपाका अध्यक्ष डा.भट्टराईको अध्यक्षतामा आज बसेको कार्यकारिणी समितिको बैठकले सो समिति गठन गरेको हो । सो समितिको सह-संयोजकमा पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठका साथै सबै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरु र विभागीय प्रमुखहरु रहेका छन् ।

बैठकले मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्ने जिम्मेवारी अध्यक्ष भट्टराईलाई दिएको छ । बैठकले ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ भने ९३ सदस्यीय राजनीतिक समिति पनि गठन गरेको अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !