२१ बैशाख २०८१, शुक्रबार

संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन : महासचिव गुरुङ


देवप्रसाद गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताए ।

महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिए । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उनको भनाइ थियो । उनले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक-दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !