२३ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु


माओवादी स्थायी कमिटी बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहीबार बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजको बैठकमा पदाधिकारी लगायतका कमिटीलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । हिजो बुधबार बसेको बैठकमा पनि केन्द्रीय कमिटी सदस्य, पोलिटव्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनको विषयमा छलफल भएको थियो ।

हिजोको बैठकले आज नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । गत पुस १८ मा सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो ।

हिजोको बैठकमा अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल गरेको पार्टी प्रवक्ता महराले जानकारी दिए । महराका अनुसार आज बस्ने बैठकले पार्टीमा पदाधीकारी पनि टुंगो लगाउने तयारी गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !