काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी Nepalpatra काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
१५ आश्विन २०७९, शनिबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा जारी रहेको हो ।

सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्ने बताइएको छ ।

बैठकमा दल दर्ताको निर्णयसँगै आगामी निर्वाचन तयारी, भदौ २ गतेदेखि २४ गतेसम्म देशव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन, साउन ३० र ३१ गते पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको आयोजना गरिएको भेला तथा प्रशिक्षण कार्यक्रमको विषयमा समेत छलफल जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !