७ बैशाख २०८१, शुक्रबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा जारी रहेको हो ।

सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्ने बताइएको छ ।

बैठकमा दल दर्ताको निर्णयसँगै आगामी निर्वाचन तयारी, भदौ २ गतेदेखि २४ गतेसम्म देशव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन, साउन ३० र ३१ गते पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको आयोजना गरिएको भेला तथा प्रशिक्षण कार्यक्रमको विषयमा समेत छलफल जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !