२० बैशाख २०८१, बिहिबार

पाँच महिनाअघि संसदमा दर्ता भएको महाभियोग प्रस्तावमाथि आज छलफल हुँदै


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । पाँच महिनाअघि संसदमा दर्ता भएको महाभियोग प्रस्तावमाथि आज छलफल हुँदै छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो ।

संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको चौथो कार्यसूची प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ ।

संसद सचिवालयका अनुसार २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने आजको सम्भावित कार्यक्रमको चौथो कार्यसूचीमा उल्लेख गरिएको छ ।

संसदमा महाभियोग दर्ता भएसँगै फागुन २२ गतेको प्रतिनिधि सभा बैठकले ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो । समितिमा कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का रहँदा जसपाबाट प्रमोद साह, लोसपाबाट एकवाल मियाँ रहका छन् भने प्रमुख प्रतिक्षी दल नेकपा एमालेबाट समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्वाहाम्फे र कृष्णभक्त पोखरेल रहेका छन् ।

प्रधानन्यायाधीश राणविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको सर्वत्र आलोचना भइरहेको थियो ।

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !