२१ बैशाख २०८१, शुक्रबार

नेकपा महासचिव विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी


विप्लव र प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर जिल्ला अदालतले महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सहित लगायत आधा दर्जनभन्दा बढी नेकपाका शीर्ष नेताहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी गरिएकाहरुमा महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरु सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउने रहेका छन् ।

उनीहरुलाई अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गर्दै सो समयसीमाभित्र अदालतमा हाजिर हुन सूचना दिएको छ । उनीहरुबिरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको सूचनामा उल्लेख छ ।

यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अदालतमा उपस्थित नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।

यस्तो छ हेर्नुहोस् ललितपुर जिल्ला अदालतले निकालेको सूचना

जिल्ला अदालतले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !