१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन


शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले सामाजिक संजाल ट्वीटरमार्फत सो जानकारी दिएका हुन् ।

काठमाडौं महानगरपालिका-८ गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको हो । घरबाट निस्केको ढल सीधै बागमती खोलामा मिसाइने भएकाले गुहेश्वरीमा फोहोर प्रशोधन केन्द्रको स्थापना गरिएको हो ।

खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा उक्त फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरेको हो । पशुपति क्षेत्रस्थित बागमती नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य लिएर पनि यसको निर्माण गरिएको हो ।

यो आयोजनाको निर्माणले सबैको चाहनाअनुसार बागमतीलाई प्राण भरेर कञ्चन पानी बग्ने व्यवस्था मिल्ने देखिन्छ । यसले बागमती नदी केही हदसम्म सफा हुने अपेक्षा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु