२५ बैशाख २०८१, मंगलबार

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय सम्हाल्ने गरी फर्किने शिक्षामन्त्री पौडेलको दावी


देवेन्द्र पौडेल र ऋषि धमला

काठमाडौं । शिक्षामन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले जनार्दन शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने खुलासा गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शिक्षामन्त्री पौडेलले शर्मा पुन: अर्थमन्त्री बन्ने सनसनीपूर्ण खुलासा गरेका हुन् ।

पत्रकार धमलाले शर्मा पूनः अर्थमन्त्री बन्ने कत्तिको सम्भावना छ भनेर सोधेको प्रश्नको उत्तर दिंदै मन्त्री पौडेलले शर्मा फेरि अर्थमन्त्री बन्ने सम्भावना देखेको बताएका हुन् ।

बजेट निर्माणको क्रममा शर्माले बाहिरी मान्छे नल्याएको उनले दाबी समेत गरेका छन् । उनले शर्मामाथि छानबिन निष्पक्ष हुनुपर्ने समेत धारणा राखेका छन् । उनले आफूले शर्मासँग गरेको कुराकानी अनुसार फेरि शर्मा अर्थ मन्त्रालय सम्हाल्ने गरी फर्किने जिकिर गरेका हुन् ।

यसअघि निवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नता नरहेको जिकिर गरेका थिए । संसदीय छानविन विशेष समितिको बैठकमा आफैं उपस्थित भएर साउन ५ गते बिहीबार बयान दिंदै शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्नता नरहेको जिकिर गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएपछि सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

अन्तर्वार्ता हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !