१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक सुरु, केही विधेयकहरु छलफलका लागि प्रस्तुत हुँदै


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संसद भवनमा केही समयअघि प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।

आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

छलफल सकिएपछि यी विधेयक आजै पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

संसद कार्यसूची

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !