२४ बैशाख २०८१, सोमबार

राष्ट्रियसभाको बैठक आज बस्दै : नागरिकता विधेयकलाई टेबल गरिने


राष्ट्रियसभा बैठक

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो ।

आजको बैठकमा नागरिकता विधेयकलाई टेबल गर्ने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबल गर्नेछन् ।

यस्तै ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !