१९ बैशाख २०८१, बुधबार

संसद्मा सरकारलाई लालबाबुको प्रश्न : निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ ?


लालबाबु पण्डित संसदमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले आगामी निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ ? भनेर संसदमा सरकारलाई प्रश्न गरेका छन् ।

आज आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरेको बताएका हुन् ।

उनले पाँच दलीय सत्ता गठबन्धनको गाँठागुठी नमिलेर हो कि या चुनाव नगराउने र गठबन्धन लामो समय टिकाउनका लागि यो सरकारले चुनाव गराउन आनाकानी गर्दै आएको हो ? व्यंग गर्दै प्रश्न गरेका हुन् । उनले समयमै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !