२४ बैशाख २०८१, सोमबार

राष्ट्रियसभाको बैठक आज अपराह्न १ बजे बस्दै


राष्ट्रियसभाको बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा बैठक आज अपराह्न १ बजे बस्न लागेको हो ।

राष्ट्रियसभाको आज बस्ने बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक २०७६ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै सो विधेयक पारित गराउने प्रस्ताव पनि मन्त्री पौडेलले गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ । राष्ट्रियसभा बैठक भन्दा अघि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।

राष्ट्रियसभाको बैठक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !