१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बिहान बस्दै


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्ने छन् ।

त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको जेष्ठ नगरिक (पहिलो संसोधन) विधेयक,२०७५ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतको सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा बैठकको कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !