२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुई जनालाई आज आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले इजिप्टको आवासीय राजदूतमा सुशिलकुमार लम्साल, अस्ट्रियाको राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री सुशिलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा र श्री भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गर्नुभएको छ ।’

 

 

राजदूत नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !