२६ बैशाख २०८१, बुधबार

गगनको स्पष्टोक्ति : संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुन्छ


गगन थापा फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने स्पष्ट पारेका छन् ।

आज सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सरकारले संवैधानिक परिषद् सम्वन्धि विधेयक फिर्ता लिने बताएका हुन् ।

महामन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई उक्त विधेयक फिर्ता लिने आश्वासन दिएको बताए ।

प्रधानमन्त्री देउवाले गत बुधबार राष्ट्रियसभामा पेस गरेको उक्त विधेयक आज-भोलि नै फिर्ता हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !