२६ बैशाख २०८१, बुधबार

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

 भेटमा सरकारले संसद्‍मा पेस गरेको नागरिकता विधेयकबारे प्रचण्डसंग भएको छलफल सकारात्मक भएको गृहमन्त्री खाणले जानकारी दिए ।

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो। राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।

सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसैदिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ।

हिजो आइतबार साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग पनि भेटघाट गरेर उक्त विधेयकका बारेमा छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !