१४ बैशाख २०८१, शुक्रबार

ओलीको दाबी : ज्ञानेन्द्र शाहले पढेको वक्तव्यको ड्राफ्ट मैले गरेको थिए


केपी शर्मा ओली

काठमडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दाबी गरेका छन् ।

आज शुक्रबार छविलाल कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०६३ सालको वैशाख ११गते पूर्वराजा राजा ज्ञानेन्द्रले गरेको सम्बोधनको वक्तव्य आफूले लेखेको जिकिर गरेका हुन् ।

अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतिमा पार्टीले तयार पारेको ड्राफ्ट भएको दावी गरेका हुन् । उनले तत्कालिन एमालेको पार्टी कार्यालय वल्खुको अगाडि चौरमा रुद्राक्षको बोटमुनि बसेर आफूले गरेको ड्राफ्ट ज्ञानेन्द्रले पढेका जिकिर गरेका हुन् ।

उनले सो ड्राफ्टमा एउटा मैले भंग गरेको संसद् पुनःस्थापना गरिएको र अर्को बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको भनेर ज्ञानेन्द्रले घोषणा गरेको स्मरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !