२५ बैशाख २०८१, मंगलबार

अन्तत: प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित


संघीय संसद फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । आज बुधबार बिहान ११ बजेका लागि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर स्थगित गरिएको हो ।

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने रणनीति लिएपछि बैठक सरेको हो । सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि स्थगित भएको हो ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै विशेष कारणले बस्न नसक्ने भएकोले समय परिवर्तन गरिएको बताए ।

अनधिकृत व्यक्ति सहभागी गराई बजेट निर्माण गरेको विषयमा संसद र सडकमा समेत तीब्र आलोचना भएपछि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने सत्तारुढ दलका नेताहरुले नै माग गर्दै आएका छन् । आफूमाथि उठेको प्रश्नबारे अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिन चाहेका छन् ।

प्रतिनिधिसभाको बैठक स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !