२३ बैशाख २०८१, आइतबार

अर्थमन्त्री शर्माबारे छानबिन समिति बनाउन माओवादी केन्द्र तयार


जनार्दन शर्मा बजेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन समिति बनाउन नेकपा (माओवादी केन्द्र) तयार भएको छ । अनधिकृत व्यक्ति सहभागी गराई बजेट निर्माण गरेको विषयमा छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको हो ।

यसैबीच आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग एमालेसँग सल्लाह गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

साथै बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको छ । आजको संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानबिन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो । तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न नदिने तयारी गरेको छ ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटका सम्वन्धमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएपछि एमालेले अर्थमन्त्री शर्मालाई बोल्न नदिने तयारी गरेको हो ।

केही समय अघिदेखि बजेट निर्माणका बारेमा प्रश्न उठाउँदै आएको एमालेले भरसक अर्थमन्त्री शर्मालाई बोल्न नदिने तर बोल्न संसदको रोस्टममा गएमा जवाफ नसुन्ने गरी बैठक नै बहिष्कार गर्नेसम्मको तयारी गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेको तर अर्थमन्त्री शर्माको जवाफ नखोजेको बताएका छन् ।

प्रमुख सचेतक भट्टराईले सभामुख अग्नि प्रसाद सापकोटाले एमालेसँग केही छलफल नगरी प्रमुख प्रतिपक्षले निरन्तर उठाएको विषयलाई बेवास्ता गरेर पेलेर जाने नियत देखिएकोले अर्थमन्त्रीका कुरा नसुन्ने र संसद बैठक पनि चल्न नसक्ने बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !